रवि लामिछानेले दोहोराे राहदानी प्रयोग गरेर गम्भीर अपराध गरे: दिपक जिएम

युवा संघ नेपालका महासचिव दिपक जिएमले पूर्व गृहमन्त्री रवि लामिछानेको सम्बन्धमा कडा टिप्पणी गरेका छन्।

रवि लामिछानेले दोहोराे राहदानी प्रयोग गरेर गम्भीर प्रकृतिको अपराध गरेको उनले प्रश्नसहित आरोप लगाएका छन्। सामाजिक सञ्जाल फेसबुमा स्टाटस लेख्दै महासचिव जिएमले यस्तो टिप्पणी गरेका हुन्।

उनले फेसबुकमा लेखेका छन्, ‘गृह देशको मुटु मन्त्रालय हो या होइन? हाम्रो देशको आन्तरिक सुरक्षा नीति र तिनी व्यक्तिबीचको सम्बन्ध के हुन्छ आज? अब ती व्यक्ति राज्यको नजरमा कस्ता व्यक्ति हुन्? ती व्यक्तिले राहदानी दुरुपयोग (दोहोरो राहदानी प्रयोग) गरेका रहेछन्। यो एक गम्भीर प्रकृतिकाे अर्को अपराध हो। यो मुद्दाको फैसला नहुन्जेलसम्म निज व्यक्ति नेपाल सरकारको अनुमति बिना देश छोड्ने र अन्य मुलुकका कुटनैतिक प्रतिनिधिसंगको भेटवार्ताले राज्यको सुरक्षासम्बन्धी गोपनीयताबारे के हुन्छ?’

पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई गत माघ ४ गते सर्वोच्च अदालतले अनागरिक घोषण गर्दै सम्पूर्ण सार्वजनिक पदमा रहन अयोग्य ठहर गरेको थियो। त्यसलगत्तै महासचिव जिएमले रवि लामिछानेमाथि छानवीन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग गरिरहेका छन्।

प्रकाशित मिति: : 2023-01-30 15:24:00

प्रतिकृया दिनुहोस्