पाेखरामा जलेर घाइते भएकी संगीताकाे निधन

Symbolic photo
Symbolic photo

पाेखरामा जलेर सख्त घाइते भएकी सङ्गीता सापकोटाको निधन भएकाे छ। 

पोखरा महानगरपालिका–१३ काहुँखोलाकी सङ्गीता सापकोटाको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हाे।

पोखरा महानगर–१३, काहुँखोलामा आइतबार बिहान एक पुरुष र महिला जल्दै गरेको अवस्थामा स्थानीयले उद्धार गरेका थिए। सापकोटाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सोमबार बिहान ५ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले जानकारी दिए। सोही घटनामा जलेर घाइते भएका ४५ वर्षका कृष्णबहादुर क्षेत्रीको भने उपचार भइरहेको छ।

'साधारण श्ययामा राखेर उपचार भइरहेको छ, कुनै जटिलता भएमा सघन उपचार कक्ष पनि तयारी अवस्थामा राखिएको छ', निर्देशक खत्रीले भने। आइतबार जलेर घाइते भएको अवस्थामा दुवैलाई स्थानीयवासीले उद्धार गरी अस्पताल पुर्याएका थिए।

आत्मदाह गर्ने प्रयास गर्नुभएका ४५ वर्षीय क्षेत्रीलाई बचाउन खोज्दा सापकोटाले उल्टै ज्यान गुमाउनुपरेको जनाइएको छ। क्षेत्री सापकोटाकै घरमा डेरा गरी बस्दै आउनुभएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको कास्की जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुवास तिमिल्सिनाले बताए। 

प्रकाशित मिति: : 2023-01-30 15:39:00

प्रतिकृया दिनुहोस्