सुर्खेतमा सांसदलाई कारबाही गर्ने सिडियो भक्तपुरमा, भन्छन 'गलत गर्ने सबै कारवाहीमा'

फाइल तस्बिर
फाइल तस्बिर

भक्तपुरमा केही दिन अगाडि मात्रै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी (सिडीओ) खगेन्द्रप्रसाद रिजालले जनताको पक्षमा काम थाल्ने बताएका छन्।

जिल्लाका सक्रिय पत्रकारहरुसंग सोमबार गरेको परिचयात्मक कार्यक्रममा उनले पहिलो पटक यातायात व्यवस्था कार्यालय भक्तपुरका प्रमुखलाई बोलाई छिटोछरिटो काम गर्ने वातावारण मिलाउने विषयमा छलफल गर्ने बताए।

कार्यक्रमको क्रममा पत्रकारहरुसँंग सुझाब लिने क्रममा यातायात व्यवस्था कार्यालय भक्तपुरमा अहिलेसम्म पनि सेवाग्राहीले सास्ती खेप्नुपरेको बताएपछि सिडिओ रिजालले भने,‘ल त्यसो भए म आजै कार्यालय प्रमुखलाई बोलाई छलफल गर्छु र यहीबाट मेरो काम सुरु हुन्छ।’ उनले जनताको अन्य समस्यामा पनि आफूले प्रभाबकारी भूमिका खेली सहजता उपलव्ध गराउने प्रतिवद्धता जनाए। 

फरक प्रसंगमा उनले सार्वजनिक विदाका दिनहरुमा सरकारी सवारीसाधन दुरुपयोग गरी चलाउनेहरुमाथि कारबाही गर्ने चेतावनी पनि दिए।

आफू सुर्खेतको प्रमुख जिल्ला अधिकारी हुँदा माननीयले पनि विदाको दिन सवारीसाधन चलाएपछि कारबाही गरेको स्मरण गर्दै उनले कानुन नियमलाई सवैले पालना गर्नुपर्ने बताए। 

सो अवसरमा प्रजिअ रिजालले आफुले मताहतका सबै कर्मचारीलाई सकिन्छ राम्रो काम गर्न र सकिदैन नराम्रो नर्गन निर्देशन दिएको जनाए। उनले भने, ‘अरुले नगरेको काम सिडियो कार्यालयले गर्ने परिपाटी रहेकाले जनचासो र गुनासोलाई समाधन गर्दै अगाडि बढ्ने छ।’

कार्यालयमा ओयोजिज कार्यक्रममा भक्तपुरमा सक्रिय पत्रकारहरुले प्रजिअलाई विभिन्न विषयमा सुझाव दिएका थिए। शनिबार र अन्य बिदाको दिन सरकारी सवारीसाधन दुरुपयोग गरेर घुम्न हिड्नेको संख्या धेरै भएकाले सोको नियन्त्रण गर्नुपर्ने पत्रकारहरुले सुझाएका थिए।

साथै उनीहरुले जिल्लाका संचालित माटो खानी, बालुवा अवैध उत्खननले गर्दा विनाश निम्त्याएकाले उचित समाधान हुनुपर्ने सुझाए। भक्तपुर –नगरकोट, भक्तपुर–ताथली–नाला सडकलगायत अन्य योजनाहरुको काम समयमा नसक्दा सर्वसाधरणलाई दुःख भएको समेत सो अवसरमा उनीहरुले जानकारी दिए। 

कार्यक्रममा पत्रकार महांसघका अध्यक्ष जगत प्रजापति, सहसचिव हेमराज ढकाल, सदस्यहरु संन्जीव दुलाल, हरिसुन्दर छुँका, रुपक ढुंगाना, पत्रकार पेशल आचार्य, स्वतन्त्र पत्रकार कृष्ण किसी, पूर्णभक्त दुवाल, बाबुकाजी श्रेष्ठ, मदन ढुंगाना, रत्न प्रजापतिलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: : 2023-01-31 06:35:00

प्रतिकृया दिनुहोस्