प्रधानमन्त्रीलाई एकीकृत समाजवादीकाे ज्ञापनपत्र- तत्काल आर्थिक सङ्कट समाधान गर्नुस् (पूर्णपाठ)

नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानीत नेता झलनाथ खनाल, बेदुराम भुसाल, गंगालाल तुलाधरलगायतका शीर्ष नेताहरूले ज्ञापनपत्र बुझाएका हुन्।

प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै समाजवादीले देशको आर्थिक सङ्कट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरेको छ।

देशको आर्थिक अवस्था गम्भीर सङ्कटतर्फ उन्मुख भएको कारण मजदुर किसान, साना तथा मध्यम व्यवसायीलगायत आम सर्वसाधारण मानिसलाई बाँच्न पनि धौधौ भएको भन्दै तत्काल आर्थिक रणनीति अपनाउन सरकारकाे ध्यानाकर्षण गराएको छ।

ज्ञापनपत्रमा देशको आर्थिक समस्या समाधान गर्न अल्पकालीन र दीर्घकालीन उपाय अपनाउन ढिला गर्न नहुने सुझाव दिइएकाे छ। 

प्रकाशित मिति: : 2023-01-31 11:18:00

प्रतिकृया दिनुहोस्