बैतडीका २० बर्षीय युवक चार दिनदेखि बेपत्ता

बैतडीको दशरथचन्द नगरपालिका–३ बरक्वालीका एक युुवक बेपत्ता भएका छन्। वेपत्ता हुनेमा केशव नाथका २० बर्षीय छोरा वीरेन्द्र नाथ रहेका छन्। 

वीरेन्द चार दिनदेखि सम्पर्कविहीन भएको उनका बुवा केशवले बताए। शनिबार लुुगा धुन घरबाट निस्केका उनी अहिलेसम्म कसैको सम्पर्कमा आएका छैनन्। 

वीरेन्दको खोजीका लागि प्रहरीमा जानकारी गराइएको छ। उनलाई भेट्टाउने व्यक्तिले नजिकको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९८६५८६८७२७मा सम्पर्क गरिदिन वीरेन्द्रका बुवा केशवको आग्रह छ। 

प्रकाशित मिति: : 2023-01-31 11:51:00

प्रतिकृया दिनुहोस्