सत्य नबुझी गलत समाचार सम्प्रेषण नगर्न नर्स अस्मिता पाण्डेकाे आग्रह

9NEWS
9NEWS

नेपाली मिडियाहरूमा अष्ट्रेलियमा बिरामीलाई पिटेकाे आराेपमा नेपाली नर्स पक्राउ भएकाे समाचार प्रकाशन भएपछि सिड्नी अवस्थित एस्थिया हेल्थमा काम गर्ने नर्स अस्मिता पाण्डेले आफूविरूद्व सहकर्मीले नै षडयन्त्र गरेेकाे बताएकी छिन्। 

उनले सामाजिक सञ्जालमा एक भिडियाे सेयर गर्दै आफूमाथि सहपाठीहरूले नै षड्यन्त्र गरेको बताएकी छन् ।

उनले भनेकी छिन्– केही समयअघि मसँगै काम गर्ने अन्य देशका तिनजना साथीले नियाेजित रूपमा षडयन्त्र गरेर आराेप लगाएका हुन्। हिजाे ३० ज्यान (ज्यानवरी) मेराे काेर्ट ह्यारिङ थियाे। जसमा मलाई लगाइएकाे आराेप  ‘दि चार्ज अफ असल्ट एट ओकेजन्नली एक्चुल बडिली हार्म एगेन्ट रिटाबल’ काे मुख्य केश काेर्टमा पुलिसले ‘वुइथड्र’ गरिसकेकाे छ। र अन्य चार्जकाे सुनुवाई दुई महिना पछि हुँदै छ। म ‘एरेस्ट’ भएकाे पनि छैन। हिजाे म काेर्ट घरबाट नै गएकाे हाे। र काेर्टकाे ह्यारिङ सकेपछि सिधै घर फर्किएकाे छु। नाइन न्युज सिड्नीमा आधारित भएर गलत समाचार सम्प्रेषण नगरिदिनु हुन अनुराेध गर्न चाहान्छु। 

प्रकाशित मिति: : 2023-01-31 15:17:00

प्रतिकृया दिनुहोस्