महाशिवरात्रिमा गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वती विशिष्ट अतिथि

फाइल तस्बिर
फाइल तस्बिर

यस वर्षको महाशिवरात्रिका अवसरमा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीलाई विशिष्ट अतिथिका रुपमा निमन्त्रणा गरिएको छ।

पूर्वीय दर्शनका ज्ञाता निश्चलानन्द सरस्वतीलाई महाशिवरात्रि पर्वको विशिष्ट अतिथिका रुपमा निमन्त्रण गरिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।

उनी फागुन ४ गते काठमाडौँ आउने छन्। तयारीका लागि केही दिनअघि निश्चलानन्द सरस्वतीका अन्तर्राष्ट्रिय प्रभारी डा प्रेमचन्द्र झा नेपाल आएका थिए। यस वर्ष फागुन ६ गते महाशिवरात्रि पर्व परेको छ। 

शङ्कराचार्यको आगमनको तयारी गर्न बुधबार पशुपति क्षेत्रस्थित शङ्कराचार्य मठमा कोषको संयोजनमा धार्मिक सङ्घ संस्थाको भेला बोलाइएको मठका पीठाधीश रमणानन्द स्वामीले जानकारी दिए। 

प्रकाशित मिति: : 2023-01-31 18:59:00

प्रतिकृया दिनुहोस्