राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खारेजी गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ।

सिन्धुलीका युवराज पौडेल (सफल) ले रास्वपाको दर्ता प्रक्रिया नै गलत रहेको भन्दै खारेजीकाे माग गर्दै आयोगमा उजुरी दिएका हुन्।

उनले सो पार्टीका सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले उमेदवार बन्दा पेस गरेको नागरिकता अवैधानिक ठहर गरेकोले खारेजी गर्न माग गरेका छन्। 

एउटा गैर नागरिक उपप्रधान तथा गृहमन्त्री हुँदा राष्ट्रिय गोपनीयता भंग हुने कार्य भएको भन्दै राष्ट्रिय हितभन्दा बाहिर गइ यस्ता कार्य भएको हुँदा रास्वपा तत्काल खारेज गर्नुपर्ने पौडेलले उल्लेख गरेका छन्।

गत साता सर्वोच्च अदालतले नेपाली नागरिकता नलिइकन प्रतिनिधिसभा निर्वाचनमा भाग लिएको भन्दै उपप्रधान तथा गृहमन्त्री र सांसद पद खारेज गरिदिएपछि लामिछाने दुवै पदबाट मुक्त भएका थिए।

प्रकाशित मिति: : 2023-02-01 15:11:00

प्रतिकृया दिनुहोस्