सेती नदीमा हाम फालेका व्यक्तिको शव फेला

File Photo
File Photo

सेती नदीमा हाम फालेका एक व्यक्ति मृत फेला परेका छन्। सेतीमा हाम फालेर बेपत्ता भएका छबिस पाथिभेरा गाउँपालिका–४ का ३१ वर्षीय नरेश थापाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

थापाले दुर्गाथली गाउँपालिका–२ झनाना नजिकबाट सेतीमा हाम फालेका थिए। प्रहरीका अनुसार हाम फालेको ठाउँबाट करिब १५० मिटर तल ढुंगाको कापमा थापाको शव फेला गरेको हो।

थापा छबिस पाथिभेरा गाउँपालिका–४ का वडाअध्यक्षका छोरा हुन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2023-02-05 18:48:00

प्रतिकृया दिनुहोस्