काँग्रेस लुम्बिनीले भदौ महिनामा प्रदेशस्तरीय सम्मेलन गर्दै 

File Photo
File Photo

नेपाली काँग्रेस लुम्बिनी प्रदेशस्तरीय सम्मेलन आगामी भदौ महिनामा गर्ने भएको छ। नेपाली काँग्रेस लुम्बिनी प्रदेशको भालुभाङमा बसेको बैठकले सम्मेलन लागि तयारी प्रारम्भ गर्ने निर्णय गरेको हो।

सम्मेलनमा प्रदेश समितिका पदाधिकारी, सदस्य, प्रदेश क्षेत्रीय सभाका सभापति एवम् सम्मेलन प्रतिनिधिहरूको सहभागिता हुने नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले बताए।

काँग्रेस नेतृत्वमा रहेको लुम्बिनी प्रदेश सराकारलाई थप सशक्त र जनमुखी बनाउनको लागि जनभावना अनुरुप कार्यक्रम निर्माण र परिचालन गर्नको लागि सरकार र पार्टीबीच समन्वयका साथ अगाडि बढ्ने पनि काँग्रेस लुम्बिनीले बताएको छ।

काँग्रेस लुम्बिनीले भातृ तथा शुभेच्छुक संस्थाहरूमा नियुक्तिका लागि सम्बन्धित तहका समिततिको सिफारिसमा मात्र गर्न पनि केन्द्रीय समितिलाई अपिल गरेको छ।

प्रकाशित मिति: : 2023-07-05 11:42:00

प्रतिकृया दिनुहोस्