प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै संसद्मा हंगामा, बैठक स्थगित (भिडियाे)

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को राजीनामा मागेको छ।

बुधबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै एमाले सांसद रघुजी पन्तले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटकपटक दिल्ली गएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राजीनामा मागेका हुन्।

प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने भन्दै एमाले सांसदहरुले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले दिल्ली धाएको’ भन्ने अभिव्यक्तिबारे प्रधानमन्त्री प्रचण्डको जवाफको माग गर्दै एमाले सांसदले बैठक अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाकाे लागि बैठक स्थगित गरेका हुन्। 

प्रकाशित मिति: : 2023-07-05 16:18:00

प्रतिकृया दिनुहोस्