आज कांग्रेस जिल्ला सभापतिहरूको बैठक बस्दै

फाइल तस्बिर
फाइल तस्बिर

आज नेपाली कांग्रेस जिल्ला सभापतिहरूको बैठक  बस्दैछ।

पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने लागेकाे बैठकमा क्रियाशील सदस्यता र कांग्रेस नवीकरण र अभिलेखीकरणको विषयका बारे छलफल हुनेछ।

जिल्ला सभापतिहरूको भेलामा पार्टी संचालन तथा व्यवस्थापन लगायतका अन्य विविध सांगठनिक विषय पनि छलफल हुनेछ।

यसैबीच पार्टीका महामन्त्री गगनकुमार थापाले ३ दिनअघि सूचना जारी गर्दै विवरणसहित उपस्थित हुन भनेका थिए।

‘आफ्नो जिल्लाअन्तर्गतका प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति÷प्रदेश सभा क्षेत्रीय कार्यसमिति/गाउँ, नगर पालिका कार्यसमिति/वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको नामावली र सम्पर्क नं., त्यस जिल्लामा वडा तहदेखि जिल्लासम्म विधान बमोजिम हुनुपर्ने सम्मेलनहरू कुन-कुन तहको सम्मेलन सम्पन्न भए, कुन-कुनको हुन वाँकी छ सो को विवरण र योजना समेत लिई उपस्थित हुनुहोला,’ उनले सूचनामा भनेका थिए।

यसैबीच कांग्रेसले एकवर्षपछि केन्द्रीय कार्यसमितिको बैठक असार २७ गते काठमाडौंमा बाेलाएकाे छ।

प्रकाशित मिति: : 2023-07-06 07:55:00

प्रतिकृया दिनुहोस्