घुस लिएको अभियोगमा वडाध्यक्ष र वडा सचिवविरुद्ध मुद्दा दायर

File Photo
File Photo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा नगराइन नगरपालिका–२ का वडा अध्यक्ष बुलन यादव र वडा सचिव अमृत नारायण मिश्रविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

सडक निर्माणकार्य सम्पन्न सिफारिश गरिदिएबापत सेवाग्राहीसँग रु ७० हजार घुस लिएको अभियोगमा आयोगले केही दिन पहिले उनीहरुलाई पक्राउ गरेको थियो।

आयोगले उनीहरुविरुद्ध बिगो बमोजिमको कारवाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।

प्रकाशित मिति: : 2023-07-07 17:50:00

प्रतिकृया दिनुहोस्