शुक्रबार, ०८ अगस्ट २०२५

दिनभरिको थकाइ मेट्न निन्द्रा आवश्यक !

photo: John Fedele / Getty Images
• • •

मानिसहरुका लागि सबै भन्दा प्यारो चिज नै निन्द्रा हो। किनकी दिनभरिको थकानलाई निन्द्राले नै मेटाउन सक्छ। त्यसैले यो एक अहम हिस्सा हो। तर कतिपय मानिसहरुलाई भने निन्द्रा पिटिक्कै लाग्दैन्।

आजकल निन्द्रा नलाग्नु पनि एक जटिल समस्या बनिसकेको छ। जसले गर्दा मानिसमा तनाव उत्पन्न हुन्छ र शरीर बोध भएको महसुस हुन्छ। त्यसैले आज हामी चर्चा गर्नेछौं निन्द्रा लाग्नका उपायबारे। जसलाई तल दिइएको छ।

दैनिक खाली खुट्टा हिँड्ने 

यदी तपाईमा निन्द्रा नलाग्ने समस्या छ भने दैनिक खाली खुट्टा हिँड्ने बानी बसाल्नुहोस्। खाली खुट्टा दुबो या घाँसमा हिँडडुल गर्नाले शरीरमा अत्यन्तै फाइदा गर्नका साथै निन्द्रा पनि लाग्ने गर्दछ।

पानीमा खुट्टा डुबाउने 

राती सुत्ने क्रममा मनतातो पानीलाई केही गहिरो भाँडामा राखी थोरै नुन हालेर खुट्टा डुबाउने गरेमा पनि सुत्ने बेला मिठो निन्द्रा लाग्ने गर्दछ। त्यसैले यसो गर्नु फाइदाजनक साबित हुन्छ।

एउटै समयमा सुत्ने र उठ्ने

यदी तपाइको एउटै समयमा सुत्ने बानी छैन् भने पनि यो एक निन्द्रा नलाग्ने कारण हो। त्यसैले निदाउनका लागि सधै एकै किसिमको तालिका बनाउनुहोस्। जसले गर्दा तपाईले यस्ता समस्याबाट छुटकारा पाउनु सक्नु हुनेछ।

कथा पढ्ने

यदी तपाईलाई राती निन्द्रा लागिरहेको छैन् भने कथा, उपन्यास पढ्नका साथै जीवनोपयोगी एवं धर्मको, दर्शनको पुस्तकहरु पढ्ने गर्नुहोस्। जसकारण मनलाई शान्त तुल्याउँनका साथै निद्र लाग्ने गर्छ।

बुधबार, श्रावण ०३, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)