माओवादी बैठक सकिँदै, बोल्न नपाएकाहरूलाई लेखेर दिन निर्देशन

नेकपा माओवादी केन्द्रको चौथो पूर्ण बैठक आज समापन हुँदैछ। 

बुधबारदेखि काठमाडौंमा जारी बैठकमा केन्द्रीय सदस्यहरू तथा पदाधिकारीहरूले उठाएका प्रश्न र जिज्ञासाहरूलाई समेट्दै आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनेछन्।  

चार दिनसम्म बैठकमा उपस्थित भएका करिब २२१ जनाले जिज्ञासाहरू राखेका छन्। त्यस्तै पदाधिकारीहरूले पनि मौखिक र लिखितरुपमै आफ्ना भनाइहरू राखिसकेका छन्। 

आज दिउँसो १ बजेपछि अध्यक्ष प्रचण्ड सबैको जवाफ दिँदै बैठकको समापन गर्नेछन्। बैठकमा आफ्ना धारणाहरू राख्न नपाउनेहरूलाई लिखित रुपमा दिन प्रचण्डले निर्देशन दिएका छन्।



‘ओराली लागेको माओवादी कहिल्यै माथि उठ्दैन’

प्रकाशित मिति: : 2023-08-06 09:45:00

प्रतिकृया दिनुहोस्