ठाउँ–ठाउँमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरूद्ध

अविरल वर्षासँगै आएको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।

इच्छाकामना गाउँपालिका-६ कालीखोलालगायत नारायणगढ-मुग्लिन सडकका विभिन्न ठाउँमा पहिरो खसेको छ। पहिरोले बिहानै साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको हो।

बिहानैदेखि डिभिजन कार्यालय भरतपुरको मेसिन उपकरणद्वारा पहिरो पन्छाउने कार्य भइरहेको छ।

वर्षात् भइरहेकाले अन्य ठाउँमा पनि पहिराको जोखिम बढेको छ। अहिले खसेको स्थानमा थप पहिरो नआए अवरूद्ध सडक खुलाउन करिब ३ घन्टा समय लाग्ने अनुमान अनुमान गरिएको छ।

प्रकाशित मिति: : 2023-08-08 07:54:00

प्रतिकृया दिनुहोस्