टाइब्रेकरमा २४ पेनाल्टी प्रहार, मिलानकाे ९-८ को जित

इटालियन क्लब एसी मिलानले संघर्षपूर्ण खेलमा जितसँगै युरोपा लिग फुटबलको समूह चरणमा स्थान पक्का गरेकाे छ।

रियो एभसँगको छनाेट चरणको प्लेअफ खेलमा मिलानले टाइब्रेकरमा ९-८ को जित निकालेकाे हाे। 

Image

निर्धारित ९० मिनेटको खेलमा दुवै तर्फबाट एक एक गोल भएपछि खेल अतिरिक्त समयमा धकेलियो। अतिरिक्त समयको सुरुमै रियो एभले गोल गरेर अग्रता लियो।

तर इन्जुरी समयको दोस्रो अर्थात १२२ औँ मिनेटमा एसी मिलानले बराबरी गोल गरेको हो। 

Image

त्यसपछि टाइब्रकेकरमा गएको खेलमा दुवै तर्फबाट गरी कुल २४ पटक पेनाल्टी प्रहार भयो। दुवै टिमले १२-१२ पटक पेनाल्टी प्रहार गरेका हुन्।

पेनाल्टीमा एसी मिलानले ९-८ को जित निकाल्न सफल भयो।

प्रकाशित मिति: : 2020-10-02 06:53:41

प्रतिकृया दिनुहोस्