मङ्गलबार, २७ अक्टोबर २०२६

कच्चा तेलको मूल्य बढ्यो, नेपालमा महँगी बढ्ने चिन्ता

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर आसपास पुगेपछि नेपालमा पेट्रोलियम पदार्थको आयात लागत र समग्र मूल्यवृद्धिमा दबाब पर्ने जोखिम बढेको छ।

बिएल संवाददाता

- काठमाडौं

दसैं सकिएसँगै तोलामा ११ हजार ६०० रुपैयाँ घट्यो सुनको भाउ

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत असोज ३० गते सुनको मूल्य प्रतितोला २ लाख ९० हजार १०० रुपैयाँ थियो। त्यो दसैंको विदा हुनुअघि अर्थात् फूलपातीको अघिल्लो दिनको बजार मूल्य हो।

बिएल संवाददाता

-

भारतलाई बिजुली बेचेर असाेजमा झन्डै ६ अर्ब कमाइ, अब बङ्गलादेश पनि पुग्न थाल्याे नेपाली बिजुली

नेपाल विद्युत प्राधिकरणको विद्युत प्रणाली सञ्चालन विभाग (भार प्रेषण केन्द्र) को तथ्याङ्कअनुसार असोज महिनामा भारततर्फ कुल ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत निर्यात भएको छ । उक्त विद्युत बिक्रीबाट ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

बिएल संवाददाता

- काठमाडौं।

विराटनगरलाई ८ रनले पराजित गर्दै चितवनको विजयी सुरुवात

नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गतको आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ८ रनले पराजित गरेको छ।

बिएल संवाददाता - काठमाडौं
एनपीएल–३ उद्घाटन खेलः सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले जितका लागि दिएको ८८ रनको झिनो लक्ष्य लुम्बिनीले ९.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो।

बिएल संवाददाता - काठमाडौं
कर्णालीबाट एनपीएल खेल्न आएका फरहान पाकिस्तान फर्किँदै

श्रीलंकाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलका लागि राष्ट्रिय टोलीमा छनोट भएपछि उनलाई पाकिस्तानले बोलाएको कर्णाली याक्सले जनाएको छ।

बिएल संवाददाता - काठमाडौं
कीर्तिपुरमा क्रिकेट कुम्भ: उद्घाटनअघि प्रधानमन्त्रीले भने ‘नेपाली क्रिकेट अमर रहोस्’

उनले एनपीएल केही वर्षमै नेपालको ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गर्दै प्रतियोगितामा सहभागी हुने अन्तर्राष्ट्रिय खेलाडी, कमेन्टेटर, नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई शुभकामना दिएका हुन्।

बिएल संवाददाता - काठमाडौं।
पीसीबीले प्रतिखेलाडी २५ हजार डलर मागेपछि एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा

एनपीएल सुरु हुन एक दिनमात्र बाँकी रहँदा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले एनपीएल खेल्न आउने आफ्ना खेलाडीलाई आवश्यक नाे अब्जेक्सन लेटर (एनओसी) दिन ढिलाइ गरेपछि अन्याैल बढेकाे हाे।

बिएल संवाददाता - काठमाडौं