उकालोतिर अपराध

घटना १

काठमाडौं रानीबारीमा बस्ने इन्जिनियर हेमन्त श्रेष्ठ र उनकी पत्नी अञ्जलीको २०५९ असार ३१ गते खुकुरी प्रहार गरी हत्या भयो। घटनामा श्रेष्ठ दम्पतीकी ७ वर्षकी छोरी भाग्यले बाँचिन्। अपराधीले कुनै सबुत नछोडेको उक्त घटनाले सनसनी मच्चायो। त्यो घटना सुल्झिसक्यो। तर, अनुसन्धान गर्ने प्रहरी र मुचुल्का तयार पार्दा घटनास्थलमा पुगेका स्थानीयवासीको आङ सिरिङ अझै हुन्छ। त्यो घटनाले काठमाडौं उपत्यका मात्रै होइन, मुलुककै तरंगित पारेको थियो। राजधानीजस्तो सुरक्षा पहुँच भएको ठाउँमा बीभत्स हत्या हुँदा त्रास फैलिनु स्वाभाविक थियो।

घटना २

पानीपोखरीस्थित चाइनिज चुफाङ रेस्टुरेस्टमा २०५९ मै चक्रे मिलनलाई दीपक मनाङले खुकुरी प्रहार गरे। चक्रे छिन्नै लागेको हात बोकेर वीर अस्पताल पुगे। मनाङे २०६१ मा पक्राउ परे। दुई वर्ष पुर्पक्षमा जेल बसेर २०६२ मा छुटे। तत्कालीन एमालेमा प्रवेश गरेका उनी हाल सांसद छन्।

घटना ३

बाँके नेपालगन्जका दुई स्कुले बालक कपिल द्विवेदी र लीलाधर भट्टको २०६७ असोजमा अपहरणपछि हत्या भयो। त्यसको दुई वर्षपछि प्रहरीले रंगौं भनिने रिवजान साईलाई पक्राउ गर्‍यो। साईलगायतले द्विवेदी र भट्टको परिवारबाट फिरौतीबात १० लाख लिएका थिए। साईले तराई जनतान्त्रिक मधेस पार्टीका नाममा भारतको रूपडिहा बजारमा सहयोगी परिचालन गरी अपहरण र चन्दा असुली गर्दै आएका थिए। उनी चरेस कारोबारमा मुछिएर भारतमै तीन वर्ष जेलसमेत बसेका थिए। उनी पक्राउ परेपछि बाँकेमा अपहरणको संख्यामा कमी आएको थियो।

प्रकाशित मिति: : 2020-08-28 09:25:56

प्रतिकृया दिनुहोस्