बागलुङको ओडारमा भेटिए २२ नाल भरुवा बन्दुक 

बागलुङको एक ओडारमा लुकाएर राखिएका २२ नाल भरुवा बन्दुक फेला परेका छन्। 
तमानखोला गाउँपालिका ४ लाममेला स्थित घट्टेखोला नजिकैको ओडारमा लुकाएर राखेको अवस्थामा उक्त हतियार फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 
बुङगादोभान प्रहरी चौकी बागलुङबाट खटिएको प्रहरी टोलीले ओडारमारमा लुकाई राखेको अवस्थामा १ नाले भरुवा बन्दुक १२ नाल र तमानखोला गाउँपालिका ३ मार्के खोलाको ओढारमा लुकाई छुपाई राखेको अवस्थामा १ नाले भरुवा बन्दुक १० नाल फेला
पारेको हो। 
फेला परेका हतियारका बारेमा कसले राखेको भन्ने नखुलेको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी उपरिक्षक अरुण पौडेलले जानकारी दिए।ओडारमा फेला परेका हतियारका बारेमा अनुसन्धान भईरहेको उनले बताए। 

प्रकाशित मिति: : 2021-07-25 18:26:00

प्रतिकृया दिनुहोस्