१८३ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिज ४५ रनमै अलआउट

तस्बिरः आईसिसी

इंग्ल्यान्डले दिएको १८३ रनको लक्ष्य पछ्याएको वेष्टइन्डिज ४५ रनमै अलआउट भएको छ। दोस्रो टी ट्वान्टी खेलमा इंग्ल्यान्डले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याउने क्रममा पाहुना टोली वेस्ट इन्डिज ११.५ ओभरमा अल आउट हुँदै मात्र ४५ रन समेटियो।

यो सँगै वेस्टइन्डिजले घरेलु टोलीसाग १ सय ३७ रनले पराजित हुँदै लज्जास्पद हार बेहोरेको छ।

वेस्ट इन्डिजले टी २० क्रिकेट इतिहासमै बनाएको सबैभन्दा कम तथा टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो कम योगफल हो। सबैभन्दा कम नेदरल्यान्ड ३९ रनमा अलआउट भएको रेकर्ड छ।

वेस्ट इन्डिजका लागि शिम्रण हिटमर र कार्लोस बर्थवेटले समान १० रन जोड्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

७ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न नसक्दा २ डक आउट भएका थिए।

इंग्ल्यान्डलाई फराकिलो जित दिलाउन क्रिस जोर्डनले २ ओभरमा ६ रन खर्चेर ४ विकेट लिए। त्यस्तै आदिल राशिद, लियाम प्लंकेट र डेविड विल्लीले समान दुई विकेट लिएका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको थियो।

इंग्ल्यान्डलाई विशाल योगफल तयार पार्न युवा खेलाडी साम बिलिङ्ग्सले विश्फोटक ब्याटिङ गर्दै ४७ बलमा १० चौका र ३ छक्का प्रहार गर्दै ८७ रनको योगदान दिए।

त्यस्तै जो रूटले ५५, जोनी बस्टो १२,डेविड विल्ली १३ र एलेक्स हेल्स ८ रन जोडेका थिए।

वेस्ट इन्डिजको लागि फेबियन ऐलीन २ विकेट लिए।

यो जितसँगै इंग्ल्यान्डले तीन टी २० श्रृंखला २-० ले जितेको छ। पहिलो खेलमा इंग्ल्यान्ड ४ विकेटले विजयी भएको थियो। अन्तिम खेल सोमबार हुने छ।

प्रकाशित मिति: : 2019-03-09 10:14:57

प्रतिकृया दिनुहोस्