भारतविरूद्ध अष्ट्रेलियाको सानदार जित, तोड्यो दुई वर्षदेखिको उपाधि खडेरी

तस्बिरः आईसीसी

अन्तिम तथा पाँचौ वान डेमा घरेलु टोलीलाई हराउँदै पाहुना टोली अष्ट्रेलियाले २ वर्षपछि सिरिज उपाधि जितेको हो।

दिल्लीको फिरोज शाह मैदान कोटलामा अष्ट्रेलियाले दिएको २७३ रनको लक्ष्य पछ्याएको घरेलु टोली २३७ रनमा समेटिएको थियो।

भारतका लागि उपकप्तान रोहित शर्माले अर्धसतकीय इनिङ्स खेलेका थिए।

शर्माले ८९ बल खेल्दै ४ चौकासहित ५६ रन बनाएका थिए। यस्तै भुवनेश्वर कुमारले ४६ तथा केदार जाधबले ४४ रन बनाए पनि टिमलाई जिताउन सकेनन्।

ऋषव पन्त र विजय शंकरले समान १६ रन बनाउँदा कप्तान विराट कोहलीले १२ रन जोडे।

अष्ट्रेलियाका लागि जाम्पाले ३ विकेट लिए।

यसअघि ओपनर उस्मान खवाजाले शतक प्रहार गरेपछि अन्तिम तथा पाँचौ निर्णाणक वान डे खेलमा अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै २ सय ७३ रनको लक्ष्य दिएको थियो।

अष्ट्रेलियाले निर्धारित ५० ओभरका ९ विकेटको क्षतिमा २ सय ७२ रन बनाएको थियो। उसका लागि ओपनर उस्मान खवाजाले १ सय रन बनाउँदा पिटर हेन्डस्कम्वले ५२,कप्तान आरोन फिन्च २७, मार्कस स्टोइनिस र एस्टन टर्नरले समान २० रन जोडेका थिए। भारतका लागि भुवनेश्वकर कुमारले ३, रविन्द्र जडेजा र महोम्मद शामीले समान २-२ तथा कुलदिप यादवले एक विकेट हात पारेका थिए।

प्रतिकृया दिनुहोस्