रूसलाई हराएको बेल्जियमको जितमा हजार्डको दुई गोल

तस्बिरः एजेन्सी

रूसलाई हराउँदै बेल्जियमले यूरो कप छनोटमा विजयी सुरूवात गरेको छ। घरेलु टोली बेल्जियमले विश्वकप आयोजक रूसलाई ३-१ले हराउँदै छनोटमा विजयी सुरूवात गरेको हो।

बेल्जियमको जितमा इडेन हजार्डको दुई गोल गर्दा युरि टिलेमान्सले एक गोल थपे।

खेलको १४ औं मिनेटमा युरी टिलेमान्सले गोल गर्दै बेल्जियमलाई सुरूवाती अग्रता दिलाएका थिए। तर, त्यसको दुई मिनेटपछि डेनिस चेरेसेभले रूसका लागि बराबरी गोल फर्काए।

पहिलो हाफ सकिनु केही समय अगाडि हजार्डले गोल गर्दै बेल्जियमलाई पुनः अग्रता दिलाए। उनले पेनाल्टीमार्फत गोल गरेका थिए।

पहिलो हाफमा २-१ ले अघि रहेको बेल्जियमले दोस्रो हाफमा थप एक गोल गर्‍यो। बेल्जियमका लागि हजार्डले ८८ औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे।

प्रकाशित मिति: : 2019-03-22 10:41:43

प्रतिकृया दिनुहोस्