यूरो छनोटमा नेदरल्यान्ड्सको फराकिलो जित

तस्बिरः एजेन्सी

बेलारूसलाई ४-० को फराकिलो अन्तरले हराउँदै नेदरल्याण्ड्सले यूरो कप छनोटमा विजयी सुरूवात गरेको छ।

समूह ‘सी’ को घरेलु मैदानमा भएको खेलमा नेदरल्याण्डलाई जिताउन मेम्फिस डिपेले दुई गोल गर्दा जर्जियानो विज्ल्यान्डम र भिर्जिल भान डिज्कले एक एक गोल गरे।

खेलको पहिलो मिनेटमै डिपेले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरूवाती अग्रता दिलाएका थिए। त्यसपछि २१ औं मिनेटमा जिनी वाइन्यालडमले दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे।

पहिलो हाफमा २ गोलले अग्रता लिएको नेदरल्यान्ड्सले दोस्रो हाफमा थप २ गोल थप्यो।

खेलको ५५ औं मिनेटमा डिपेले गोल गर्दै अग्रता तेब्बर पारे। उनले पेनाल्टी मार्फत गोल गरेका थिए।

भर्जिल भ्यान डाइकले खेलको ८६ औं मिनेटमा गोल गर्दै टिमको जित सुनिश्चित गरे।

जितसंगै समूह 'सी' मा रहेको नेदरल्याण्डले ३ अंक जोडेको छ ।

प्रकाशित मिति: : 2019-03-22 10:51:09

प्रतिकृया दिनुहोस्