एभरटनले आर्सनललाई हराउँदा इंग्लिस प्रिमियर लिगको शीर्ष चार रोमाञ्चक मोडमा

तस्बिरः एजेन्सी

इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले आर्सनललाई हराउँदा शीर्ष चारको प्रतिश्पर्धा रोमाञ्चक मोडमा पुगेको छ।

आईतबार राति भएको खेलमा आर्सनल लण्डन क्लब एभर्टनसँग १-० ले स्तब्ध भएको हो।

एभर्टनलाई जिताउन खेलको १० औं मिनेटमा फिल जगलीकाले निर्णायक गोल गरे।

यो नतिजासँगै लिगमा शीर्ष ४ को भिडन्त रोचक मोडमा पुगेको छ। आज पराजित आर्सनल ३२ खेलबाट ६३ अंक जोड्दै चौथो स्थानमा झरेको छ। टोटेनह्याम ३२ खेलमा ६४ अंकसाथ तेस्रो स्थानमा छ । चेल्सी ३२ खेलमा ६३ तथा म्यानचेस्टर युनाइटेड ३२ खेलमा ६१ अंकसहित शीर्ष ६ स्थानमा छन्।

एभर्टनले लगातार तेस्रो जित निकालेको एभर्टन ३३ खेलमा ४६ अंक जोड्दै नवौं स्थानमा उक्लिएको छ। सातौं देखि दशौँ स्थानसम्म १ अंकको मात्र फरक छ।

लिगको शीर्षस्थानमा लिभरपुलले ३३ खेलमा ८२ अंक जोडेको छ। एक खेल क खेलेको सिटीले ८० अंक जोड्दै दोस्रो स्थानमा छ।

प्रकाशित मिति: : 2019-04-07 23:25:17

प्रतिकृया दिनुहोस्