डिफेन्डिङ च्याम्पियन बार्सिलोना तीन खेल बाँकि छँदै यस सिजनको लालिगा च्याम्पियन भएको छ। शनिबार भएको लिगको ३५औं म्याचमा लेभान्टेलाई १-० ले पराजित गर्दै ८३ अंकका साथ उसले उपाधि निश्चित गरेको हो।
मध्यान्तरअघि बेन्चमा बसेका मेस्सी मध्यान्तरपछि कुटिन्होलाई डी बक्समा राखेर मैदानमा छिरे। उनी छिरेको १७औं मिनेटमा गोल गरे। त्यही एकमात्र गोल निर्णायक भएको म्याचमा खेलको अन्त्यतिर लेभान्टेले गोल फर्काउन जोडदार प्रयत्न गरे पनि त्यो सफल भएन।
गत सिजनमा पनि बार्साले नै लालिगा उपधाधि उचालेको थियो। लगातार दोस्रो वर्ष लालिगा उपाधि जितेको बार्साका लागि यो २६औं उपाधि हो।
अबका बाँकि तीन खेलमा पराजित भए पनि बार्साको ८३ अंकलाई भेट्ने छैनन्।७४ अंकका साथ दोस्रो स्थानमा रहेको एथ्लेटिको म्याड्रिडले पनि गत वर्षझै दोस्रो स्थानमै यस सिजनको लालिगा टुङ्ग्याउने सम्भावना बर्करार राखेको छ। ऊभन्दा एक खेल कम खेलेको रियल म्याड्रिड ६५ अंकका साथ गत सिजनझै यस वर्ष पनि तेस्रो स्थानमै छ।