सचिनको पहिला ब्याट बोल्थ्यो, अहिले इन्स्टाग्राम ...

महान क्रिकेटर सचिन जब क्रिजमा हुन्थे, उनको बल्ला बोल्थ्यो, अहिले उनी क्रिजमा छैनन्। तैपनि, उनले गरेका हरेक गतिविधिबाट प्रभावित हुने करोडौ मानिस यो संसारमा छन्। क्रिकेटका कतिपय प्रशसकहरू त आज पनि उनलाई भगवान नै मान्छन्। 

उनै महान क्रिक्टर सचिनले इन्स्टाग्राममा पोस्ट गरेको एउटा तस्विर अहिले भाइरल भैरहेको छ। तस्विरमा सचिन दुई युवतीद्वारा दाह्री कटाइरहेका छन्। उनले पोष्टमा लेखेका छन्- 'यी दिदीबहिनीको सैलुनमा दाह्री कटाउँदा आफूलाई गर्व महशुस भएको छ।'

सचिनले आफूले पहिलोपटक अर्को व्यक्तिबाट दाह्री कटाएको पनि खुलासा गरेका छन्। एक त दुई महिलाबाट दाह्री कटाइरहेका छन् र त्यसमा उनले गर्व भएको महसुस गरेर महिला शशक्तिकरणका पक्षमा आवाज दिएका छन्। दोस्रो जीवनमा पहिलोपटक अरूबाट दाह्री कटाएको बताएर उनी कति आत्मनिर्भर र सादाजीवन बिताउँदा रहेछन् भने दृष्टान्त दिएका छन्। 

सचिनको पोष्टले यतिबेला ज्योती कुमारी र नेहा दिदीबहिनी पुन: एकपटक चर्चामा आएका छन्। सचिन तेन्दुलकरले जीवनमा पहिलोपटक अरूलाई दाह्री कटाएको र त्यसमा गर्व लागेको बताएपछि चर्चा नहुने त कुरै भएन। अहिले उनीहरूको सेलुनमा दाह्री कटाउने र कपाल कटाउनेको लामो लाइन लाग्न थालेको छ। 

सन् २०१४ बाबु बिरामी परेपछि भारतको उत्तर प्रदेशका यी दुई दिदीबहिनीले सैलुन चलाउन थालेका थिए। त्यतिबेला प्रेरणादायी काम भन्दै उनीहरू चर्चमा आएका थिए।

प्रकाशित मिति: : 2019-05-07 07:23:24

प्रतिकृया दिनुहोस्