विराट भन्छन्– ५ सय रन बनाउने पहिलो एकदिवसीय टिम इंग्ल्यान्ड बन्छ

Agency

भारतीय कप्तान विराट कोहलीले एकदिवसीय क्रिकेटमा ५ सय रन बनाउने पहिलो टिम इंग्ल्यान्ड बन्न सक्ने बताएका छन्। इंग्ल्यान्डले अहिले पनि एकदिवसीयमा सर्वाधिक योगफल बनाउने कीर्तिमान आफ्नै नाममा राखेको छ। 

गत वर्ष अस्ट्रेलियाविरूद्ध इंग्ल्यान्डले ४ सय ८१ योगफल बनाएको थियो।

विश्व कप अगाडि कप्तानहरूसँग भएको मिडिया कन्फ्रेन्समा कोहलीलाई विश्व कपमा ५ सय योगफल बनाउन सम्भव छ भनेर प्रश्न गरिएको थियो।

जसको उत्तर दिने क्रममा इंग्ल्यान्डका कप्तान इयोन मोर्गनतर्फ इसारा गर्दै विराटले भने, ‘म यति मात्र भन्न सक्छु। यो उनीहरूसँग (मोर्गन) निर्भर छ।’ उनले अन्य टिमभन्दा पहिले ५ सय रन पुरा गर्न इंग्ल्यान्ड आतुर रहेको पनि बताए।

उनले यसपालिको विश्व कपमा ठूलो योगफल बन्ने दावी पनि गरे। तर, विश्व कपको दवावका कारण २६०–२७० रनको लक्ष्य पछ्याउन गाह्रो पर्ने बताए।

उनले भने, ‘मैले पहिले पनि भनिसकेको छु। यसपालि ठूलो स्कोरको गेम हुनेछ। तर, विश्व कपको दवावले गर्दा २६०–२७० रन पछ्याउन ३७०–३८० रन पछ्याउने जस्तो गाह्रो हुनेछ।’

प्रकाशित मिति: : 2019-05-25 17:24:58

प्रतिकृया दिनुहोस्