अफगानिस्तान युवा टोली, पाकिस्तानमा पाका खेलाडीको जमघट

Agency

इंग्ल्यान्ड र वेल्सको संयुक्त आयोजनामा ३० मे देखि सुरु हुने एकदिवसीय विश्व कप क्रिकेटमा भाग लिने देशहरूमा अफगानिस्तान युवा टोली बोकेर मैदानमा उत्रिँदैछ। यस्तै, पाकिस्तानमा पाको खेलाडीहरूको जमघट छ।

विश्व कप खेल्ने अफगानिस्तानी टोलीको औसत आयु २७ दशमलव ५७ वर्ष छ। पाकिस्तानी टोलीमा ७ खेलाडी यस्ता छन्, जसको आयु ३० भन्दा बढी छ। पाकिस्तानी टिमको औसत आयु ३० दशमलव ६५ छ। पाकिस्तानी टिममा २ खेलाडी ३७ वर्षभन्दा माथि छन्।

विश्व कप टिमको स्थिति

पाकिस्तान– ३०.६६ वर्ष (औसतमा)
श्रीलंका– ३०.२९
दक्षिण अफ्रिका– ३०.२६
अस्ट्रेलिया– ३०.१९
भारत– २९.९२
न्युजिल्यान्ड– २९.४१
इंग्ल्यान्ड– २९.१६
वेष्ट इन्डिज– २८.३८
बंग्लादेश– २७.६५
अफगानिस्तान– २७.५७

३ खेलाडी २० वर्षभन्दा कम

अफगानिस्तानका मुजिब उर रहमान विश्व कप खेल्ने युवा खेलाडी हुन्। उनको उमेर १८ वर्ष २५ दिन छ। उनी अफगानी टिममा २० वर्षभन्दा कम उमेरका एक्ला खेलाडी हुन्।

यसपालिको विश्व कपमा सहभागी १ सय ५० खेलाडीमध्ये ३ खेलाडी २० वर्षभन्दा मुनी छन्।

यसमा पाकिस्तानका साहिन अफरिदीको उमेर १९ वर्ष १२ दिन छ। पाकिस्तानकै अर्का खेलाडी मोहम्मद हसनैनको उमेर पनि १९ वर्ष १३ दिन छ।

४० माथिका खेलाडी

दक्षिण अफ्रिकाका इमरान ताहिर यस विश्व कपमा एक्ला यस्ता खेलाडी हुन्, जसको उमेर ४० माथि छ। उनको उमेर ४० वर्ष २२ दिन छ।

१० हजार माथि रन बनाउने कप्तान

भारतीय कप्तान विराट कोहली यो विश्व कपमा सबैभन्दा अनुभवी मानिन्छन्। उनले २ सय २७ एकदिवसीयमा ५९ दशमलव ५७ को औसतले १० हजार ८ सय ४३ रन बनाएका छन्। उनी एकदिवसीयमा १० हजार पुरा गर्ने एक्लो कप्तान हुन्।
यस विश्व कपमा श्रीलंकाका दिमुत करुणारत्ने सबैभन्दा कम अनुभवी कप्तान हुन्। उनले १८ एकदिवसीय मात्र खेलेका छन्।

होल्डर युवा र मुर्तजा पाको कप्तान

वेष्ट इन्डिजका जेसन होल्डर विश्व कपको सबैभन्दा युवा कप्तान हुन्। उनको उमेर २७ वर्ष १ सय ७० दिन छ। उनले ९५ एकदिवसीयमा २६ दशमलव २३ को औसतले १५ सय ७४ रन बनाउका छन्।

बंगलादेशका मुशरफे मुर्तजा पाको उमेरका कप्तान हुन्। उनको उमेर ३५ वर्ष १ सय ९३ दिन छ। उनी ३५ वर्ष नाघेका एक मात्र कप्तान हुन्।

प्रकाशित मिति: : 2019-05-26 08:40:57

प्रतिकृया दिनुहोस्