इङ्लिस फुटबल क्लव लिभरपुल यस वर्षको युरोपियन क्लव च्याम्पियन भएको छ। शनिबार भएको फाइनलमा इङ्लिस क्लब टोटनहमलाई २-० ले पराजित गर्दै लिभरपुल युरोपियन क्लव च्याम्पियन भएको हो।
म्याड्रिडमा भएको फाइनलको दोस्रो मिनेटमै लिभरपुलका स्टार खेलाडी सालेहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। उनले यो गोल पेनल्टिमा गरेका थिए। त्यसपछि ८६औं मिनेटसम्म पनि दुबैतर्फबाट गोल हुन सकेन । ८७औं मिनेटमा लिभरपुलका डिभोक अर्जीले गोल थप्दै लिभरपुलको जित सुनिश्चत गरे।
६२ प्रतिशत समय गोल आो्नो पकडमा राखे पनि टोटनहमले कुनै गोल गर्न सकेन। खेल पण्डितहरूले भने- 'लिभरपुलभन्दा टोटनहमले खेल राम्रो खेले पनि गोल गर्न नसक्दा ऊ अभागी साबित भयो।'
लिभरपुलको यो छैटौ च्याम्पियन दिग उपाधि हो । यसअघि १९७७, १९७८, १९८१, १९८४ र २००५ मा लिभपुल च्याम्पियन्स लिगको ट्रफी उचालिसकेको छ। २००५ यता यो ट्रफी उचाल्न उसले १४ वर्ष कुर्नु पर्यो। गत वर्ष फाइनलमा पुगे पनि रियल म्याड्रिडसामु निरिह बन्दै घुडा टेक्नु परेको थियो।