फुटबलमा आज सांसद भर्सेज कर्मचारी!

फाइल तस्बिर: बिएल

१३ औं दक्षिण एसियाली खेलकुद (साग) आजबाट सकिँदैछ। विभिन्न चुनौतीबीच यही मंसिर १५ गतेदेखि काठमाडौं, पोखरा र जनकपुरमा चलेको साग मंगलबार साँझ दशरथ रंगशालामा विशेष समापन कार्यक्रमको आयोजना गरी सम्पन्न भएको घोषणा गरिन लागेको हो।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश शिलवाललेका अनुसार भव्यतापुर्वक सम्पन्न भएको सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने  छन्।  स्वास्थ्यको कारण समापन कार्यक्रम उपस्थित हुन नसकेका प्रधानमन्त्रीले खेलाडीहरुलाई समेटेर बुधबार विशेष सम्बोधन गर्ने जानकारी दिएका हुन्। प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा पदक बिजेता खेलाडीहरुलाई प्रोत्साहन प्याकेजको घोषणा समेत गर्ने सदस्य सचिव शिलवालले जानकारी दिए।

यस्तै सागको समापन कार्यक्रम उद्घाटन जस्तै भब्य हुने पनि सदस्य सचिव शिलवालले बताए ।

सागअन्तर्गत आज विभिन्न खेलका फाइनल खेलहरू हुनेछन्। जसमा पुरुष फुटबलको फाइनल खेल दिउँसो ३ बजे दशरथ रंगशालमा हुनेछ। स्वर्णका लागि नेपाल यू–२३ र भुटान यू–२३ बीच प्रतिस्पर्धा हुनेछ। भुटान पहिलो पटक साग फुटबलको फाइनलमा पुगेको हो भने नेपाल साविक स्वर्ण विजेता हो।

यसअघि मध्याह्न १२ बजे समापन कार्यक्रमअन्तर्गत १२ बजे सांसद ११ र कर्मचारी ११ बीच मैत्रीपूर्ण खेल हुनेछ। उक्त फुटबल प्रतियोगितमा चर्चित प्रतिनीधि सभा र प्रदेश सभाका सांसदहरुको उपस्थिति रहने छ।

सागको १० औं दिन समापन समारोहसहित काठमाडौं ५ खेलमा प्रतिस्पर्धा हुनेछ । सागको समापन समारोह ५ बजेपछि शरु हुनेछ।

सागमा अन्तिम दिन फुटबल, बक्सिङ, बास्केटबल, जुडो र स्क्वास खेलको प्रतिस्पर्धा हुनेछ। आजका सबै खेल काठमाडौंमा हुनेछ।

कुन खेल कहाँ कहाँ हुनेछ?

फुटबल : पुरुष फुटबलको स्वर्ण पदकको लागि नेपाल र भुटानबीच खेल हुनेछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भुटानबीचको फाइनल खेल अपरान्ह ३ बजे हुनेछ।

बास्केटबल : बास्केटबलको फाइनल खेल आज हुनेछ। त्रिपुरेश्वरस्थित कभर्ड हलमा पुरुष बास्केटबलमा भारत र श्रीलंकाबीचको फाइनल खेल अपरान्ह १ बजे हुनेछ। महिला बास्केटबलमा नेपाल र भारतबीचको फाइनल खेल अपरान्ह ३ : ३० बजे शुरु हुनेछ।

महिला बास्केटबलमा भुटान र माल्दिभ्सबीच तथा पुरुष बास्केटबलतर्फ नेपाल र बंगलादेशको तेश्रो स्थानको खेल हुनेछ।

बक्सिङ : बक्सिङमा अन्तिम दिन ८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। फाइनल खेल अपरान्ह १ बजेदेखि शुरु हुनेछ।

जुडो : जुडोमा आज १ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेल हुने खेलहरु बिहान ९ बजेदेखि शुरु हुनेछ। फाइनल खेल भने अपरान्ह १२ : ३५ मा शुरु हुनेछ।

स्क्वास : स्क्वासको टिम स्पर्धाको फाइनल खेल आज हुनेछ। जसमा पाकिस्तान र भारतले महिला र पुरुष दुवै टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने छन्।

पुरुषतर्फ कांस्य पदकका लागि नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्नेछ। महिलातर्फ श्रीलंका र नेपालले कास्यको लागि खेल्नेछ।

प्रकाशित मिति: : 2019-12-10 09:00:06

प्रतिकृया दिनुहोस्