डिफेन्ङि च्याम्पियन नेपालले चौथो पटक उचाल्यो साग फुटबलको उपाधि

तस्बिर: बिएल

डिफेन्ङि च्याम्पियन नेपाल १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको उपाधि जितेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा भुटान २–१ लाई हराउँदै नेपालले चौथो पटक उपाधि उचालेको हो। नेपालको जितमा अभिषेक रिजाल र सुनिल बलले एक एक गोल गरे। यता भुटानका लागि कप्तान चेन्चो ग्याल्चेनले एक गोल फर्काए। 

 खेलको नबौ मिनेटमा मिक्चेन तामाङले पोष्ट भित्र पाएको मौकामा चुक्न पुगे। १७ औं मिनेटमा  नेपालका लागि अभिषेकले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। एक गोलले पछि परेको भुटानले १९ औं मिनेटमा गरेको प्रहार पोष्ट माथिबाट बाहिरीयो। उसका चेन्चोको प्रहार फ्रेममा रहन सकेन।

त्यसपछि ३४ औं मिनेटमा चेन्चो ग्याल्जोङले डिबक्समा राम्रो अवसर पाएका थिए। तर उनको प्रहार पोष्टमाथिबाट बाहिरीन पुग्यो। ३७ औं मिनेटमा भुटानले खेल बराबरीमा ल्यायो। भुटानका लागि कप्तान ग्याल्चेनले गोल गरे।

त्यसपछि पनि भुटानले नेपालको पोष्टमा आक्रमण गरेको थियो भने उसले दुई पटक पाएको मौकामा असफल भयो। यता नेपालले पनि एउटा सुन्दर मौका पाएको थियो। तर अनन्त तामाङ चुक्न पुगे।

पहिलो हाफ १–१ को बराबरीमा रोकिएको नेपालले दोस्रो हाफमा थप एक गोल गर्यो। नेपालका लागि खेलको ५५ औं मिनेटमा सुनिलले २–१ को अग्रता दिलाए।

त्यसको दुई मिनेटपछि नेपालले अर्को उत्कृष्ट मौका पाएको थियो। जसमा नेपालका अभिषेक रिजालले चुक्न पुगे। डिफेन्डरलाई विट गरेर प्रहार गरेको बललाई भुटानी गोलकिपरले मुस्किलले बचाए।

हारपछि पनि भुटानले ऐतिहासिक रजत जित्न सफल भयो। जारी सागमा भुटानको यो पहिलो रजत हो।

पाकिस्तानसँगै अन्तिम समयमा भारत पनि नआएपछि यस पटक राउण्ड रोविनका आधारमा फुटबलका खेलहरु भएका थियो। जसमा नेपाल र भुटान लिगको पहिलो, दोस्रो स्थानमा रहँदै फाइनल पुगेको थियो। नेपाल लिगमा अपराजित थियो भने भुटानले नेपालसँग ४–० को हार व्योहोरेको थियो।

योसँगै नेपालले पाकिस्तानसँग सर्वाधिक चार पटक साग फुटबलमा स्वर्ण जित्ने कीर्तिमानसँग बराबरी गरेको छ। नेपालले सन् १९८४, १९९३ र २०१६ मा पनि फुटबलमा स्वर्ण जितेको थियो।

नेपाल कहिले–कहिले फाइनलमा?

१९८४– नेपाल ४–२ बंगलादेश

१९८७– भारत १–० नेपाल

१९९३– नेपाल २–२ भारत (४–३ पेनाल्टी)

१९९९– बंगलादेश १–० नेपाल

२०१६– नेपाल २–१ भारत

भारतले सन् १९८५ को दोस्रो र सन् १९८७ को तेस्रो सागमा स्वर्ण जितेको थियो। पाकिस्तानले १९८९ को चौथो र १९९१ को पाँचौं संस्करण जितेको थियो। पाकिस्तानले सन् २००४ को नवौं र सन् २००६ को दशौं संस्करण पनि लगातार स्वर्ण जितेको थियो।

पाकिस्तान र नेपालले सर्वाधिक ४ स्वर्ण जित्दा भारतले ३ स्वर्ण जितेको छ।

भुटान भने पहिलो पटक साग फुटबलको फाइनल पुगेको हो। नेपाललाई हराउन सके भुटानले ऐतिहासिक स्वर्ण जित्नेछ। यस्तै, श्रीलंका र माल्दिभ्सले पनि अहिलेसम्म स्वर्ण जित्न सकेका छैनन्।

अहिलेसम्म साग फुटबलमा स्वर्ण जित्ने टिम

१९८४ : नेपाल
१९८५ : भारत
१९८७ : भारत
१९८९ : पाकिस्तान
१९९१ : पाकिस्तान
१९९३ : नेपाल
१९९५ : भारत
१९९९ : बंगलादेश
२००४ : पाकिस्तान यू-२३
२००६ : पाकिस्तान यू-२३
२०१० : बंगलादेश यू-२३
२०१६ : नेपाल यू-२३
२०१९ : नेपाल यू २३

प्रकाशित मिति: : 2019-12-10 16:48:08

प्रतिकृया दिनुहोस्