प्रतिभा माली लिग भलिबल खेल्न माल्दिभ्स प्रस्थान

फाइल तस्बिर: बिएल

नेपाली राष्ट्रिय महिला भलिबल टिमका नियमित सदस्य तथा स्पाइकर प्रतिभा माली लिग भलिबल खेल्न माल्दिभ्स प्रस्थान गरेकी छन्। उनी त्यहाँको चर्चित महिला भलिबल लिग खेल्न बिहीबार माल्दिभ्स उडेकी हुन्।

प्रतिभाले त्यहाँको पुलिस क्लबबाट खेल्न लागेको न्यु डायमन्ड एकेडेमीका प्रशिक्षक कुमार राईले जानकारी दिए। ‘माल्दिभ्समा खेल्नका लागि दुईरतीनवटा क्लबबाट प्रस्ताव आएको थियो’, प्रशिक्षक राईले भने ‘त्यहाँको राष्ट्रिय टोलीकी कप्तान जुझानको विशेष आग्रहमा उनी पुलिस क्लबबाट लिग खेल्न लागेकी हुन्।’

प्रतिभाले छोटो समयको लिग हुने भएको कारण माल्दिभ्स जान लागेको बताईन्। ‘भर्खरै साग सकिएकाले भलिबलका कुनै गतिविधि नभएको र लिग पनि छोटो भएकाले माल्दिभ्स जान लागेकी हुँ’, प्रतिभाले भनिन्। उनले लिगमा करिब दुई हजार पाँच सय डलर पाउने जनाइएको छ।

प्रतिभाले माल्दिभ्समा भलिबल लिग खेल्न लागेको यो तेस्रो पटक हो। उनले यसअघि पनि त्यहाँको क्लबबाट भलिबल खेलिसकेकी छन्।

प्रकाशित मिति: : 2019-12-13 11:28:49

प्रतिकृया दिनुहोस्