मदनकृष्ण टिमद्वारा हरिवंश टिम पराजित

तस्वीर : रातोपाटी

नेपालमा धुर्मुस-सुन्तलीको क्रिकेट स्टेडियम बनाउन च्यारिटी क्रिकेट म्याच आयोजना गरिएका छन्।

मातृभूमि कप नाम दिइएको १० ओभरको म्याच शनिबार त्रिवि मैदान कीर्तिपुरमा आयोजना गरिएको थियो।

कलाकार ए र कलाकार बी बीच भएको मैत्रीपूर्ण म्याचमा कलाकार ए टीम पाँच रनले बिजयी भएको थियो। कलाकार मदनकृष्ण श्रेष्ठको कप्तानीमा रहेको कलाकार ए टीमले पहिले ब्याटिङ गर्दै ७६ रन बनाएको थियो भने जवाफी ब्याटिङ गरेको हरिवंश आचार्य कप्तान रहेको कलाकार बी टीमले ७१ रन मात्र बनायो। दुबैले पाँच विकेटको क्षति गरेका थिए।

कलाकारहरुलाई राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक जगत टमाटा र कलाकार सुनिल थापाले प्रशिक्षण दिएका थिए । 

 

 

प्रकाशित मिति: : 2019-04-14 04:37:46

प्रतिकृया दिनुहोस्