थ्री इडियटमा कसरी आमिरकाे इन्ट्री भयाे ?

‘थ्री इडियट’ रिलिज भएको २५ डिसेम्बरमा १० वर्ष पुरा भएको छ। राजकुमारकाे नयाँ खुलासा।

बलिउडको सुपरहिट फिल्म ‘थ्री इडियट’ रिलिज भएको २५ डिसेम्बरमा १० वर्ष पुरा भएको छ। फिल्ममा वायरसको भूमिका निर्वाह गरिरहेका बोमन इरानीले यस अवसरमा एउटा फोटो शेयर गर्दै फिल्मसँग जोडिएको थुप्रै अनुभव साटासाट गरे। यस्तै, निर्देशक राजकुमार हिरानीले पनि फिल्म निर्माणसँग जोडिएको केही घटना शेयर गरेका छन्। 

बोमनले लेखेका छन्, ‘बलिउडका प्रभावशाली प्रतिभासँग काम गर्ने र सम्झिरहने कथासँग जोडिएको एक पात्रलाई जीविन्त बनाउँदा खुसी लागेको छ। म यो कथाको एउटा पात्र थिए। आज फिल्मले १० वर्ष पुरा गर्दा रमाइलो लागिरहेको छ।’

राजकुमारले भने, ‘फिल्मको कहानी तयार पार्दा मुख्य भूमिकामा रहेका तीन वटै हिरोको उमेर २० देखि २१ वर्ष तय गरिएको थियो। पहिले हामीले नयाँ कलाकार लिएर फिल्म बनाउने सोच राखेका थियौ। केही प्रभावशाली कलाकार नभेटिएका होइनन्। तर, तीन जना हिरोको क्यामेस्ट्री जमिरहेको थिएन। ६ महिनासम्म कलाकारको खोजी भयो। यसपछि आमिर खानसँग भेट भयो। कथा सुन्ने वित्तिकै आमिरले एउटा रोल आफूले गर्ने बताए। तर, हामीलाई शंका लागेको थियो, उनी युवा कसरी देखिन्छन्? तर, आमिर आत्मविश्वासी थिए। यति बेला उनी गजनीका लागि शरीर बनाएर राम्रो सेपमा बसेका थिए। उनलाई आत्मविश्वास थियो, रेन्चोको पात्रमा आफ्नो शरीर ढाल्छु भन्ने। आमिरको छनोट भएपछि उनकै उमेरको अन्य दुई कलाकार खोज्ने काम तिब्र भयो। यस्तैमा माधवन र शरमनसँग भेट भयो। यसपछि कलेज विद्यार्थी पनि आमिरहरूकै उमेरका खोज्ने काम भयो। अर्थात कलेजमा कुनै कलाकारको उमेर माथि तल नदेखियोस्। 

उनले लद्दाखमा फिल्मको अन्तिम दृश्य सुट गर्दा अचानक हिउँ परेको बताए। ‘हामी लेहबाट ६ घण्टा टाढा थियौं। पुरै दिन सुटिङ भएन। अर्को दिन गरौला भन्ने थियो। तर, बिहान हेर्दा हिउँ एक फिट जमिसकेको थियो। सुटिङ हुने ठाउँ नजिकै आइटिबिपीका सिपाहीहरुको क्याम्प थियो। उनीहरूले नै छिटैं त्यहाँबाट निस्किन सुझाव दिए। नत्र महिना दिनसम्म बाहिर निस्किन गाह्रो पर्ने बताए। त्यहाँ प्रोडक्सनको थुप्रै सामान थिए। सेलफोन कसैसँग थिएन। स्याटलाइट फोन भने थियो। पुलिस र आर्मीको हेलिकोप्टरले ‘रेस्क्यु’ गर्न नसकेपछि हामीले क्रु मेम्बरलाई रेस्क्यु गर्न थाल्यौं। क्यामरा डिपार्टमेन्टका २५ जना बाहेक हामी सबै बाहिर निस्कियौं। उनीहरू सामानका कारण त्यही बसे। हामीले एक वर्ष सुटिङ गर्न पाएनौं। अर्को वर्ष गएर सुटिङ गर्दा वातावरण राम्रो थियो। 

 
 

प्रकाशित मिति: : 2019-12-26 07:43:57

प्रतिकृया दिनुहोस्