तिनाउ ५ पहिलो पुनःनिर्माण सम्पन्न वडा

रासस

रामपुर

पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ५ जिल्लामै पहिलो पुनःनिर्माण सम्पन्न वडा घोषणा भएको छ।  गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले वडालाई पाल्पा जिल्लामै पहिलो पुननिर्माण सम्पन्न वडा घोषणा गरे। 

वडामा ७५ घर पुनःनिर्माणमा पहिचान भएको, ७२ जनाले सम्झौता गरेको तथा सम्झौता गरेकामध्ये तीन जनाले घर नबनाउने निर्णय गरेको र ६९  जनाले घर निर्माण सम्पन्न गरेका छन्।  घर निर्माण सम्पन्न गरेका भूकम्प प्रभावितले रु तीन तीन लाख तीन किस्तामा बुझेकाले वडालाई आइतबार पुनःनिर्माण सम्पन्न वडा घोषणा गरिएको पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ पाल्पाका प्रमुख अनन्त सुनारले बताए। 

कार्यक्रममा कोलडाँडाका ६९ लाभग्राहीलाई पुनःनिर्माण सम्पन्न  प्रमाणपत्र प्रदान गरिएको निर्माण प्राधिकरण पाल्पाका इञ्जिनीयर टीकाबहादुर थापाले जानकारी दिए।  पुनःनिर्माण भूकम्प प्रतिरोधी तरिकाबाट सम्पन्न भएको इञ्जिनियर थापाको भनाइ छ।

  विसं २०७२ को भूकम्पले कोलडाँडा, अर्चले, गोठादी, ज्यामिरे, चिदिपानी, झडेवालगायत क्षेत्रमा बढी क्षति पु¥याए पनि ती त्यहाँ पुनःनिर्माणको काम नसकिएको र वडा नम्बर ५ मा मात्र सकिएकाले प्रथम भएको गाउँपालिकाले जनाएको छ। 
 

प्रकाशित मिति: : 2019-12-30 23:53:08

प्रतिकृया दिनुहोस्