ऋषभले काटे उर्वशीको व्हाट्सएप र फोन कल 

ऋषभकी प्रेमिका इशा नेगीले सन् २०२० को पूर्वसन्ध्यामा इन्स्टाग्राममा दुवैको फोटो हालेर सबैलाई चकित तुल्याएकी थिइन।

एजेन्सी

मुम्बई

भारतीय युवा विकेटकिपर ऋषभ पन्तले बलिउड अभिनेत्री उर्वशी रौतेलाको व्हाट्सएप ब्लक गरेका छन्। उर्वशी प्रायः आफ्नो निजी विषयलाई लिएर चर्चामा हुने गर्छिन्। उनले आपसी सहमतिमा ऋषभले आफूलाई ब्लक गरेको बताइन्। 

सन् २०१८ मा पनि उर्वशी भारतीय क्रिकेटर हार्दिक पाण्ड्यासँग नाम जोडिएपछि चर्चामा आएकी थिइन। उनीहरूको पहिलो भेट गौतम सिंघानियाको पार्टीमा भएको थियो। 

तर, विवादमा घेरिएपछि हार्दिकले उर्वशीसँग दूरी बनाएका थिए। गत वर्ष उर्वशीको नाम ऋषभसँग जोडिएको थियो। भारत र वेष्ट इन्डिजबीच निर्णायक टि–२० अन्तर्राष्ट्रिय खेलपूर्व उनीहरू डिनर डेटमा गएको भन्दै खुब हल्ला भएको थियो। 

तर, ऋषभकी प्रेमिका इशा नेगीले सन् २०२० को पूर्वसन्ध्यामा इन्स्टाग्राममा दुवैको फोटो हालेर सबैलाई चकित तुल्याएकी थिइन। ऋषभले उर्वशीको व्हाट्सएप मात्र नभएर फोन कल पनि ब्लक गरेको बताइन्छ। 
 

प्रकाशित मिति: : 2020-01-11 12:18:51

प्रतिकृया दिनुहोस्