चलचित्र ‘बाघी ३’को ट्रेलर सार्वजनिक, टाइगरको एक्सन धूमधडाका

बिएल संवाददाता

काठमाडाै‌ं

बलिउडको प्रतिक्षित चलचित्र ‘बाघी ३’को ट्रेलर सार्वजनिक भएको छ। बिहीवार सार्वजनिक गरिएको ट्रेलरमा एक्सन, फाइट, प्रेम र युद्ध देखिएको छ। चलचित्रको लागि टाइगर श्राफको मेहनत र द्वन्द्व निर्देशकको प्रशंसनिय छ।

ट्रेलरमा चलचित्रका मुख्य कलाकार टाइगरका साथै श्रद्धा कपुर र रीतेश देशमुखलाई पनि देखाइएको छ। ट्रेलरमा टाइगर आफ्नो भाइको लागि सिंगो देशसँग लडाई गरेको देखाइएको छ। टाइगरको भाइ बनेका रितेश कुनै देशमा गएका छन्। आफ्नो भाइलाई निकै प्रेम गर्ने टाइगर भाइकै लागि त्यस देशमा पुग्छन् र लडाई सुरु गर्छन्।

भाइलाई बचाउन अर्काको देशमा पुगेका टाइगरले त्यहाँ एक संवाद बोलेका छन्, ‘मेरो भाइलाई केही भयो भने, मेरो बुबाको कसम तेरो देशलाई पूरा दुनियाको नक्साबाट मेटाइदिन्छु।’

बाघीका दुई सिरिज ‘बाघी’ र ‘बाघी २’ ले बक्स अफिसमा निकै राम्रो व्यापार गरेको थियो। यी दुबै सिरिजमा टाइगर श्राफ मुख्य भूमिकामा प्रस्तुत भएका थिए। सफल सिरिजको चलचित्र भएका कारण पनि यस चलचित्रलाई प्रतिक्षित चलचित्रको रुमपा हेरिएको छ।

फिल्म साजिद नाडियाडवाला प्रोडक्सनमा बनेको हो र अहमद खानले यसको निर्देशन गरेका हुन्। फागुन २३ गते फिल्म सार्वजनिक हुँदैछ।
 

प्रकाशित मिति: : 2020-02-07 04:12:54

प्रतिकृया दिनुहोस्