चर्चित हिरो मनोज कुमारलाई ‘वर्ल्ड बुक्स अफ रेकर्डस’ को सम्मान

हिन्दी फिल्मका अग्रज कलाकार तथा अभिनेता मनोज कुमार ‘डब्ल्युबिआर गोल्डन इरा’ बाट सम्मानित भएका छन्। उनलाई ‘वर्ल्ड बुक्स अफ रेकर्डस’ ले हिन्दी फिल्ममा देशभक्ति, सामाजिक, सांस्कृतिक भावना दर्शाएको र भारतीय सिनेमामा अतुलनीय योगदान गरेको भन्दै सम्मान गरेको हो। 

मनोज कुमार बलिउडमा भारत कुमारको नामले पनि परिचित छन्। यसअघि यो पुरस्कार पद्म भूषणबाट सम्मानित अर्का कलाकार दिलिप कुमारलाई पनि प्रदान गरिएको थियो। मनोजले पनि पद्म भूषण प्राप्त गरिसकेका छन्। 

सन्तोष शुक्ला वर्ल्ड बुक अफ रिकार्डसका अध्यक्ष प्रोफेसर डाक्टर राजीवन शर्माले उनलाई प्रमाण पत्रद्धारा सम्मानित गरे।

मनोजलाई १९९२ मै भारत सरकारले पद्मश्रीबाट सम्मान गरिसकेको थियो। 

भारतीय सिनेमाको उच्च पुरस्कार दादासाहेब फाल्केबाट उनी २०१५ मा सम्मानित भएका थिए। मनोजले ‘हरियाली और रास्ता’, ‘वो कौन थी’, ‘हिमालय कि गोद मे’, ‘दो बदन’, ‘उपकार’, ‘पत्थर के सनम’, ‘नील कमल’, पुरब और पश्चिम’, ‘बेइमान’, ‘रोटी कपडा और मकान’, ‘दश नम्बरी’, ‘सन्यासी’ र ‘क्रान्ति’ जस्ता हिट फिल्ममा काम गरेका थिए। 

‘वर्ल्ड बुक अफ रेकार्डस, लन्डन’ बाट सम्मानित भएपछि मनोज कुमारलाई प्रधानमन्त्री नरेन्द्र मोदी, महाराष्ट्रका मुख्यमन्त्री उद्दव ठाकरे, लता मंगेशकर, धर्मेन्द्र, अमिताभ बच्चन, वहिदा रहमान, सायरा बानो, आशा पारेख, जितेन्द्र, प्रेम चोपडा जस्तो दिग्गज फिल्मी हस्तीले बधाई दिएका थिए। 
 

प्रकाशित मिति: : 2020-02-23 07:10:54

प्रतिकृया दिनुहोस्