२५ दृष्टीविहिनलाई ‘सेताे छडी’ उपहार (भिडियाे)

जीवन बनिया

काठमाडाैं

दृष्टीविहिनलाई हिडडुलका लागि अति आवश्यक पर्ने २५ थान ‘सेतो छडी’ हाम्रो प्रयास नामक संस्थाले फागुन ९ मा एउटा कार्यक्रम गर्दै वितरण गर्यो। संस्थाका अध्यक्ष प्रेम लिम्बुले काठमाडौं नेशनल कलेजको हलमा आयोजित कार्यक्रममा दृष्टीविहिनलाई ‘सेतो छडी’ प्रदान गरेका थिए। 

२०७३ सालमा स्थापना भएको हाम्रो प्रयास नामक संस्थाले यसै वर्ष चिसोमा आर्थिक अवस्था कमजोर भएका दृष्टीविहिनलाई कम्मल वितरण गरेको थियो। यस्तै, संस्थाले राम्रो स्वर भएका दृष्टीविहिन कलाकारलाई काठमाडौं र पोखरामा जागिर लगाइदिएको बतायो। अध्यक्ष लिम्बुले बिएल नेपाली सेवासँग भने, ‘पोखरा र काठमाडौंका दोहरीमा हामीले ३० भन्दा बढी दृष्टीविहिन कलाकारलाई जागिर दिलाइदिएका छौं।’

संस्थाका सचिव जीवन वलीले सञ्चालन गरेको ‘सेतो छडी’ वितरण कार्यक्रममा कोषाध्यक्ष कृष्णकोमल श्रेष्ठले स्वागत मन्तब्य गरेका थिए। कार्यक्रममा अतिथिको रुपमा सिताराम न्यौपाने तथा सिन्धुपाल्चोक जिल्ला तरुण दलका नेता दोर्जे लामाको पनि उपस्थिति थियो। 
 
 

प्रकाशित मिति: : 2020-02-24 03:59:05

प्रतिकृया दिनुहोस्