अमेरिकामा सुपर ट्युज्डे : १४ राज्यमा मतदान जारी, कस्को कहाँ पल्ला भारी ?

आज मार्च ३ मंगलबार अर्थात् सुपर टुज्डे । अमेरिकाका १४ राज्य र अमेरिकन समाओमा आज दुई ठूला पार्टीका राष्ट्रपति प्रत्यासीको आन्तरिक चुनाव अर्थात् प्राइमरी हुदैछ। रिपब्लकन पार्टीमा राष्ट्रपति ट्रम्पलाई एकजना नाम मात्रका उम्मेद्वारले चुनौति दिएकाले ट्रम्प नै उम्मेदवार हुने निश्चित छ। तर, डेमोक्रेटिक पार्टीको चुनावी मैदानमा भने अझै पनि पाँचजना उम्मेद्वार बाँकि रहेकाले उम्मेद्वारी होड रोचक मोडमा पुगेको छ।

आज डेमोक्रेटिक पार्टीमा १३४४ डेलिगेट्सका लागि पश्चिमको क्यालिफोर्नियादेखि पूर्वको मेनसम्म मतदान भैरहेको छ। आजको चुनावमा पल्ला भारी हुने उम्म्द्वारले नै डेमोक्रेटिक पार्टीमा सबैभन्दा बढी डेलिगेट्स जित्ने भएकाले सबै उम्मेद्वारको ध्यान यसैमा केन्द्रित छ । त्यसमा पनि पहिलो दुई स्थानमा रहेका बर्नी स्याण्डर्स र जो बाइडनका लागि गर या मरको अवस्था छ। वारेन र ब्लुमवर्गका लागि उम्मेद्वारी कायमै राख्ने या मिडप्याक गर्ने भन्ने लिटमस टेस्ट पनि आजकै निर्वाचनको परिणामले दिन्छ। 

यसअघि  आयोवामा ४१, न्ह्यु ह्याम्पसायरमा २४, नेभदामा ३६ र साउथ कारोलाइनामा ५४ गरी १५५ डेलिगेट्सका लागि चुनाव भैसकेको छ । त्यसमा बर्नी अगाडि छन् भने बाइडेनले उनलाई पछ्याइरहेका छन्। तेस्रो स्थानमा रहेका पिट बटिजज र पाँचौ स्थानमा रहेकी एमी क्लोबचरले मिडप्याक गर्दै बाइडेनको समर्थन गरेका छन् भने चौथो स्थनामा रहेकी वारेन र एक प्रतिशत पनि मत नल्याएकी तुलसी गेभार्ड चुनावी प्रतिस्पर्धामै छ । अर्बपति माइकल ब्लुबर्ग सुपर टुज्डेदेखि मात्र प्रतिस्पर्धामा छन्। 

 

सुपर टुज्डे कहाँ कति डेलिगेट्स 

अलावामा ५२
अर्कान्सास ३१
क्यालिफोर्निया ४१५
कोलोराडो ६७
मेन २४
मासाचुसेट्स ९१
मिन्नेसोटा ७५
नर्थ कारोलाइना ११०
ओक्लाहामा ३७
टेनेसी ६४
टेक्सास २२८ 
उटाह २९
भर्मण्ट १६
भर्जिनिया  ९९
अमेरिकन सामोआ ६ 

जम्मा १३४४

प्रकाशित मिति: : 2020-03-04 18:43:30

प्रतिकृया दिनुहोस्