कोभिड १९ : क्वारेन्टाइन तयार

रासस

राजविराज

(कोभिड १९) कोरोना भाइरस सम्भावित जोखिमलाई रोकथाम गर्न बलान विहुल गाउँपालिकाले १५ शैथ्याको निगरानी कक्ष( क्वारेन्टाइन) तयार गरेको छ।  

सो गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले वडा नम्वर १ स्थित स्वास्थ्य चौकीमा चारजना स्वास्थ्यकर्मी कार्यरत रही  क्वारेन्टाइन  तयारी अवस्थामा राखिएको जनाकारी दिए।  

बोदेबरसाईन नगरपालिकाले १० शैथ्याको क्वारेन्टाइन कक्ष तयारी अवस्थामा राखेको छ। राजविराजस्थित बन्द अवस्थामा रहेको साईकृष्णा अस्पतालमा ५०/६० वटा शैथ्याको क्वारेन्टाइन  तयार गर्न लागिएको स्वास्थ्य कार्यालय  प्रमुख दुनिलाल यादवले जानकारी दिए।

तिलाठी कोइलाडी गाउँपालिकाले १५ तथा हनुमाननगर कंकालिनी नगरपालिकाले ४० शैथ्यको क्वारेन्टाइन स्थापना गरिएको छ। लकडाउनलाई यहाँका नागरिकले घरभित्रै बसी कार्यान्वयनमा सहयोग गरिरहेका छन्। 

पत्रपत्रिका प्रकाशन बन्द 

कोभिड १९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई विशेष ख्यालगर्दै  देशव्यापि ‘लकडाउन’ भएपछि यहाँबाट प्रकाशित हुने पत्रपत्रिकाको प्रकाशन बन्द भएका छन्।

राजविराजबाट प्रकाशित हुने सबै पत्र–पत्रिकाको प्रकाशन बन्द गरिएको नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष श्यमसुन्दर यादवले  जानकारी  दिए।

एक दर्जन दैनिक पत्रिका र तीन दर्जन साप्ताहिक पत्रिका नियमित प्रकाशन हुँदै आएको छ। छापखानामा कार्यरत कर्मचारी घरमै बस्न थालेका कारण पनि पत्रिका प्रकाशन बन्द गरिएको आजको वातावरण दैनिकका प्रकाशक एवम प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाले जानकारी दिए।

प्रकाशित मिति: : 2020-03-27 03:31:56

प्रतिकृया दिनुहोस्