कोरोना कहर : कालोबजारी गर्ने ११ पक्राउ

रासस

जनकपुरधाम

लकडाउनको अवधिमा बढी मूल्यमा दैनिक उपभोग्यका सामानलगायत बिक्री गर्ने ११ जनालाई धनुषा प्रहरीले पक्राउ गरी कारवाही शुरु गरेको छ। 

पक्राउमा पर्नेहरुले बजारमा तोकिएको मूल्यभन्दा बढी मूल्यमा प्याज, आलु, खाना पकाउने ग्यास र रिजार्ज कार्ड बिक्री गर्ने गरिएको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

उनीहरूले प्रतिकिलो रु ४५ मा पाइने आलु प्याज रु ८० मा, प्रति रु एक हजार ३५० मा पाइने खाना पकाउने ग्यास रु एक हजार ७०० मा र रु ५० को रिचार्ज कार्ड रु ६० मा बिक्री गरिरहेको समयमा जनकपुरका विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको हो।

विगत केही दिनदेखि जनकपुरधाममा हरियो तरकारीको पनि मूल्यमा अप्रत्याशितरूपमा वृद्धि भएको छ। काउली प्रतिकिलो रु ५०, हरियो खुर्सानी प्रतिकिलो रु २४० र सोही अनुपातमा अन्य तरकारीको पनि मूल्यमा वृद्धि भएको उपभोक्ता पशुपतिनाथ झाले जानकारी दिए।

प्रकाशित मिति: : 2020-03-28 02:34:00

प्रतिकृया दिनुहोस्