कोभिड–१९ : उपकरण अभाव

रासस

मिक्लाजुङ

कोभिड – १९ को सम्भावित जोखिम हुन नदिन  पाँचथरमा तयार पारिएको निगरानी कक्ष( क्वारेन्टाइन )  तथा आइसोलेशनमा आवश्यक उपरकण सहित औषधिको अभाव देखिएको छ।
 
 विशेषगरी स्वास्थ्यकर्मीले लगाउने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई), मास्क, ग्लोब्स तथा सेनिटाइजरको अभाव देखिएको जनाइएको छ।

 जिल्ला सदरमुकाम फिदिममा बनाइएको क्वारेन्टाइन, पाँचथर, पाथिभरा र समर्पित अस्पताल तथा फिदिम माविमा बनाइएको क्वारेन्टाइनमा ती सामाग्रीको अभाव भएको  समर्पित अस्पतालका व्यवस्थापक  शिशिर आङबोले  जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मा गुरागाईले  जिल्लामा समेत ती सामाग्रीको अभाव हुन  नदिन  गृहमन्त्रालय तथा प्रदेश सरकारलाई  माग गरी पठाएको र  चाँडै आइपुग्ने बताए। 

जनस्वास्थ्य कार्यालय प्रमुख नारद सुवेदीले अहिले प्रदेश सरकारबाट ५ वटा पिपिइ पाँचथर अस्पताललाई प्रदान गरिएको जानकारी दिँदै थप व्यवस्था गर्न सम्बन्धित निकायलाई अनुरोध भएको बताए।

प्रकाशित मिति: : 2020-03-28 05:40:04

प्रतिकृया दिनुहोस्