झापामा तीन सय २१ श्ययाको क्वारेन्टाइन

रासस

सुरुङ्गा

झापामा तीन सय २१ श्ययाको क्वारेन्टाइन सञ्चालनमा आएको छ। कोभिड–१९ को शङ्कास्पद बिरामीको निगरानी तथा उपचारको व्यवस्थापनका लागि क्वारेन्टाइन सञ्चालनमा ल्याइएको हो।

जिल्लाका सबै स्थानीय तहमा क्वारेन्टाइन सञ्चालनमा ल्याइएको छ। जिल्लाको बिर्तामोड नगरपालिकामा मेची आँखा अस्पताल र कञ्चनजङ्घा हेल्थ इन्स्टिच्युट एन्ड नर्सिङ कलेजमा ९० श्ययाको क्वारेन्टाइन निर्माण भएको नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले जानकारी दिए।
    
त्यस्तै मेचीमा ७०, भद्रपुरमा ३२, दमकमा २४, शिवसताक्षीमा १६, अर्जुनधारामा १२, गौरादहमा १० र कनकाई नगरपालिकामा १० श्ययाको क्वारेन्टाइन निर्माण भएको छ। 

यसैगरी कचनकवल गाउँपालिकामा १४, कमल गाउँपालिकामा १३ तथा बुद्धशान्ति, झापा र बाह्रदशी गाउँपालिकामा १०÷१० श्ययाको क्वारेन्टाइन निर्माण भएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ। 

सो कार्यालयका अनुसार निर्माण भएका क्वारेन्टाइनमा हालसम्म ५४ जनालाई र भारतलगायत तेस्रो मुलुकबाट आएकामध्ये अहिलेसम्म ३३१ जनालाई होम क्वारेन्टाइनमा राखिएका छन्। 

    बुद्धशान्ति गाउँपालिकामा छ वटा एम्बुलेन्स 

कोभिड–१९ को सङ्क्रमणबाट बच्न गरिएको लक डाउनका समयमा सेवा पु¥याउने उद्देश्यले बुद्धशान्ति गाउँपालिकाले ६ वटा एम्बुलेन्स तयार गरेको छ। 

गाउँपालिकाले नेपाल रेडक्रस सोसाइटीसहितका सामाजिक सङ्घसंस्थाका ६ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ। एम्बुलेन्स चालकको नाम र नम्बरसहित सार्वजनिक सूचना जारी गर्दै गाउँपालिकाले विपद् परेको समयमा एम्बुलेन्स सेवा लिन सबैमा अनुरोध गरेको छ। 

एम्बुलेन्सका चालकले कोरोना भाइरसको सङ्क्रमणबाट  बच्न पिपिई ड्रेस (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट) लगाएका छन्। गाउँपालिकाले नेपाल रेडक्रस सोसाइटीको मे१च १५५५, गरिमा बचतको मे१च २९७७, रामजानकी मन्दिरको मे१च ४६१, हनुमान मन्दिरको मे१च ४११ र स्वास्थ्य चौकी शान्तिनगरको मे१झ १०५ नंको एम्बुलेन्स तयारी अवस्थामा राखिएको बुद्धशान्ति गाउँपालिकाका प्रमुख रमेश भुजेलले जानकारी 
दिए।

यसअघि जिल्ला प्रशासन कार्यालय झापाले दमक, विर्तामोड, धुलाबारी, कनकाई, बनियानी र भद्रपुर क्षेत्रका छवटा एम्बुलेन्स पनि तयारी अवस्थामा राखेको छ।

प्रकाशित मिति: : 2020-03-29 02:33:04

प्रतिकृया दिनुहोस्