आयोगका पदाधिकारीले १५ दिनबराबरको तलब जम्मा गर्ने

रासस

काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीले सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा १५ दिनबराबरको तलब जम्मा गर्ने भएको छ। 

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले आज जारी गरेको विज्ञप्तिअनुसार  कोरोना भाइरसको विश्व महामारीको वर्तमान अवस्थामा कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि सहयोग पु¥याउन आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरे, आयुक्त डा गणेशराज जोशी र आयुक्त डा सावित्री थापा गुरुङले आफ्नो १५ दिन बराबरको तलब जम्मा गर्ने निर्णय गरेका छन्।

उनीहरुले शुरु तलब स्केलको १५ दिनको तबल सरकारले स्थापना गरेको कोषमा जम्मा गर्ने निर्णय गरेको बताइएको छ। त्यस्तै आयोगमा कार्यरत सचिवलगायतका कर्मचारीको हकमा नेपाल सरकारको सचिव बैठकको निर्णयबमोजिम तलब कोषमा जम्मा गर्ने निर्णय भएको प्रवक्ता कोइरालाले जानकारी दिए।

प्रकाशित मिति: : 2020-03-29 05:31:22

प्रतिकृया दिनुहोस्