कोभिड–१९ को रोकथामका लागि समिति गठन

रासस

विराटनगर

प्रदेश नं १ सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट हुन सक्ने संक्रमणको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन विभिन्न समितिहरु गठन गरेको छ। 

मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा आज बसेको निर्देशन समितिको बैठकले स्थानीयतह सम्पर्क, समन्वय, प्रचारप्रसार तथा जनचेतना समिति गठन गरेको छ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा क्वारेन्टाइन, परिवहन व्यवस्था तथा सुरक्षा व्यवस्थापन समिति गठन भएको छ। 

सामाजिक विकासमन्त्री जीवन घिमिरेको संयोजकत्वमा आइसोलेशन तथा विशिष्टिकृत अस्पताल एवं प्रयोगशाला सञ्चालन तथा व्यवस्थापन समिति गठन भएको छ। 

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियैतको संयोजकत्वमा दैनिक उपभोग्य वस्तु आपूर्ति व्यवस्थापन समिति गठन भएको छ। यी समितिहरुमा सम्बन्धित निकायका प्रतिनिधिहरु सदस्य रहेका छन्।

बैठकले कोरोना विरुद्धको अभियानमा खटेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, तथा कर्मचारीलाई अतिरिक्त सुविधा प्रदान गर्ने निर्णय गरेको छ। 

बैठकले प्रदेश सभाका सदस्यलाई आफ्नो निर्वाचन क्षेत्रमा कोरोना विरुद्धको अभियानको संयोजन र अनुगमनको काम गर्ने निर्णय गरेको छ।

यसैबीच मुख्यमन्त्री शेरधन राईको अध्यक्षमा आजै बसेको प्रदेश नं १ कोरोना जनसुरक्षा कोष, कोष सञ्चालक समितिको बैठकले प्रदेशका सुरक्षा समितिलाई रु १ करोड ६८ लाख रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ। 

कोष सञ्चालकक समितिको बैठकले नेपाली सेनालाई क्वरेन्टाईनको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी, प्रदेश भित्रका जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टाइनसम्म र कोरोना अस्पतालसम्म पु¥याउने जिम्मेवारी तोकेको छ। 

त्यस्तै नेपाल प्रहरी र सशस्त्रप्रहरी बललाई अस्पताल र क्वारेन्टाईन क्षेत्रको सुरक्षा गर्ने, संक्रमितहरुको सुरक्षा र लकडाउनलाई प्रभावकारीरुपमा कार्यान्वयन गराउने जिम्मेवारी तोकेको छ।
 

प्रकाशित मिति: : 2020-03-29 09:12:41

प्रतिकृया दिनुहोस्