लकडाउनका बेला घरघरमै धारा

रासस

तानसेन

कोभिड १९को संक्रमणबाट जोगिन घरघरमै पुगेको खानेपानी सुविधाले सहज बनाएको छ। 

पाल्पाको पश्चिमी भूभाग रिब्दीकोट गाउँपालिका ७ पालुङ्मैनादीमा घरघरमै खानेपानी सुविधा पुगेपछि  नागरिकले निकै सजिलो भएको महसुस गरेका छन्।

 पालुङ्मैनादीका ६५ घरधुरी मगरबस्तीमा गाउँपालिकाले एक घर एक धारा अभियान ल्याएपछि घरायसी कामधन्दामा छिटोछरितो हुनाका साथै समुदाय नै सरसफाइयुक्त बनेको छ।

 घण्टौँ समय खर्चेर खोलाको पानी बोकेर प्रयोग गर्दै आएका नागरिक अहिले भने घरघरमै धारामार्फत पानी आएको देख्दा दङ्ग परेको र लकडाउनका बेला बाहिर जान नपरेकामा खुशी भएको चुर्पुकधारा लिफ्टिङ् खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष बमबहादुर अर्घालीले बताए।

गाउँपालिकाको रु एक करोड पाँच हजार ४२६ लगानीमा लिफ्टिङ प्रणालीमार्फत गाउँमा खानेपानी सुविधा पु¥याइएको गाउँपालिकाका अध्यक्ष नारायण जिसीको भनाइ छ। खानेपानी योजना सफल बनाउन उपभोक्ताले १४ लाख ५८ हजार बराबरको श्रमदान गरेका थिए। 

प्रकाशित मिति: : 2020-03-29 09:19:40

प्रतिकृया दिनुहोस्