तस्बिर र भिडियोमा लकडाउन पाँचौ दिन

कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले आह्वान गरेको साताव्यापी लकडाउनको पाचौे दिन सडक सुनसान देखिएको छ । 

सडकमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो देखिएको छ । सुरक्षाकर्मीले सडकमा गुडेका प्रत्येक सवारीसाधनको चेकजाँचमा कडाइ गरेका छन् । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले जारी गरेको आदेश उल्लङ्घन गर्नेविरुद्ध कडारूपमा प्रस्तुत भएको प्रहरीले काठमाडौँबाट केहिलाई नियन्त्रणमा लिएको छ । 

त्यस्तै केहि मोटरसाइकल र चारपाङ्ग्रे गाडीलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।  सरकारी आदेशको पूर्ण कार्यान्वयनका लागि शुक्रबारदेखि अनावश्यक रुपमा पैदल हिँड्नेलाई समेत प्रहरीले थप कडाइ गरेको थियो । विश्वव्यापीरूपमा कोरोना भइरसको महामारी बढ्दै गएपछि सरकारले यही चैत ११ गतेबाट लागू हुने गरी चैत १८ गतेसम्म अत्यावश्यक बाहेक बाहिर ननिस्कन आदेश जारी गरेको थियो ।

प्रकाशित मिति: : 2020-03-29 22:08:38

प्रतिकृया दिनुहोस्