कोभिड – १९ : एम्बुलेन्स तयारी अवस्थामा

रासस

बैतडी

कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम रोकथाम गर्न यहाँ ११ वटा एम्बुलेन्सलाई  तयारी अवस्थामा राखिएको छ। 

स्थानीय तहका ८, जिल्ला अस्पतालको २ र शहिद दशरथचन्द स्मृती प्रतिष्ठानको १ एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। 

उनले भने 'कोरोना भाइरसका सम्भावित बिरामीका बारेमा खबर पाउने बित्तिकै तत्कालै उद्धार गरेर अस्पताल लगिने व्यवस्था मिलाइएको छ।'

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले  सबै एम्बुलेन्सका चालकलाई आवश्यक सुरक्षा सामग्रीसमेत प्रदान गरिएको जानकारी दिए।

 जिल्ला अस्पताल  डा वसन्तराज जोशीले भने 'एम्बुलेन्समा  चालक र बिरामीबीच कुनै सम्पर्क नहुने गरेर सम्भावित कोरोना सङक्रमित मात्रै बोक्न तयारी अवस्थामा राखिएका हुन्।'

त्यस्तै एम्बुलेन्स चालकलाई सुरक्षित सामग्री लगाउने तरिका र सो भाइरसका सम्भावित बिरामीसँंग गर्ने व्यवहारका बारेमा तालिमसमेत प्रदान गरिएको छ। 

अहिले जिल्लामा सो भाइरसका सम्भावित बिरामी भेटिएका छैनन्। भारत तथा अन्य मुलुकबाट जिल्ला फर्केकालाई यहाँका स्थानीय  तहले क्वारेन्टाइमा राखी दैनिक स्वास्थ्य जाँच गर्न थालेका जनाइएको छ।

प्रकाशित मिति: : 2020-03-30 13:18:04

प्रतिकृया दिनुहोस्